सुनकाे मुल्य २०० रूपैँयाले बढ्याे, चाँदीकाे मुल्य स्थिर

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

आज नेपाली बजारमा सुनकाे मुल्य बढेकाे छ भने चाँदीकाे मूल्य स्थिर रहेकाे छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर कारोबार भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको छ । आइतबार उक्त सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा करोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएकोमा पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको