काठमाडाैं,
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई अनुसन्धान गर्न म्याद थपका लागि सोमबार अदालत लगिँदैछ।
प्रहरीले आइताबार साँझ बूढानीलकण्ठबाट पक्राउ गरेपछि उनलाई म्याद थपका लागि साेमबार अदालत लगिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।
प्रहरीले अनुसन्धानका लागि हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान पनि आजै सरकारी वकिलको कार्यालयमा गराउने तयारी गरेको छ।
प्रहरीको सोधपुछ सकिए पनि मुद्दाको मिसिलमा समावेश गरिनुपर्ने बयान हुन बाँकी छ। यो बयान सरकारी वकिलसहितको उपस्थितिमा गराउनुपर्ने हुन्छ।
प्रहरीका एक अधिकारिले अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने समय कम भएकाले आइतबार पक्राउ परेका रायमाझीको पनि बयान पनि आजै गराउने तयारी गरेको छ।