काठमाडाैं, १ जेठ। शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा कम्प्लेक्स, सातदोबाटोमा गरी आज दुई खेल हुन लागेका हुन्।
दशरथ रंगशालामा संकटा र हिमालयन शेर्पा क्लब एक आपसमा भिडनेछन, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
उता, तीन बजे नै खुमलटार र मच्छिन्द्र क्लब आमुने सामुने हुनेछन्। जुन खेल एन्फा कम्प्लेक्स, सातदोवाटोमा सुरु हुनेछ।