काठमाडाैं,
काभ्रेको पनौती नगरपालिका-७ स्थित पनौती सामुदायिक सहकारी लुटपाटमा संलग्न आरोपमा दुईजना मकवानपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्द्रसराेबर-५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामा रहेको छ।
उनीहरूको साथबाट प्रहरीले नगद ५ लाख ४५ हजार, एक थान एकनाले भरुवा बन्दुक र रडसमेत बरामद गरेको छ ।
गत बैशाख १७ गते सहकारीबाट ३३ लाख रूपैँया चाेरी गरी फरार रहेका दुईजनालाई काभ्रे तथा मकवानपुर प्रहरीकाे संयुक्त टाेलीले मकवानपुर इन्द्रसराेबर गाउँपालिका -५ बाट पक्राउ गरेकाे हाे।
सहकारी चोरी गर्नेहरूमाथि अनुसन्धान गरिरहेको प्रहरीले विशेष सूचनाको आधारमा दुईजनालाई पक्राउ गर्न सफल भएको र घटना’bout थप अनुसन्धान जारी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् डीएसपी टेकबहादुर कार्कीले बताए ।