सांसद मनिष झालेकाे प्रश्न : शरणार्थी प्रकरणमा शिर्ष नेताहरू तारन्तर भेट्नुकाे कारण के हाे ?

काठमाडाैं,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नक्कली शरणार्थी प्रकरणमा  शीर्ष नेताहरुको पटक पटकको भेटले आशंका पैदा गरेको बताएका छन्।

यस्तै उनले नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यक्तिहरुले योजनावद्ध रुपमा सार्वजनिक हुने मौका पाइरहेको भन्दै प्रश्न पनि उठाएका छन्।

प्रतिनिधिसभामा सोमबार आकस्म्कि समय लिएर उनले भने, ‘हाम्रो देशमा ठूलो अपराध, देशद्रोही र भ्रष्टाचारको विषय छ। शंकास्पदहरुको नाम आउँछ। उनीहरुलाई आफ्नो मोबाइल फरम्याट गर्ने, लुक्ने, समाचार सुल्झाउने र योजनावद्ध रुपमा सार्वजनिक हुने मौका पाइराखेका छन्। केही त फरार पनि छन रे । यस्तो किन हुन्छ ?’

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई प्रभाव पार्ने व्यवहार र वातावरण हुन नहुने उनको भनाइ छ । सोमबार प्रतिनिधिसभामा बोल्दै उनले विपतमा समय एक साथ नहुने ठूला दलका नेताहरु किन तारन्तार भेट गरिरहेको भन्दै प्रश्न गरे।

‘नक्कली शरणार्थी प्रकरकण सार्वजनिक भएपछि तीन दलका नेताहरु पटकपटक आपसमा भेट भएको सुनेका छौं। विपतको समयमा यसरी तारन्तार भेटेको सुनिएको थिएन,’ उनले भने, ‘अहिले किन भेटिरहेका छन् ।’

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like