नक्कली भुटानी प्रकरणले आफु लज्जास्पद भएकाे बताउछिन् आरजु राणा

काठमाडाैं,

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय समिति सदस्य समेत रहेकी राणाले आफ्नो झुटो (फेक) अडियोको छानविनका लागि आनाकानी गरेको बताएकी छन् ।

‘भुटानी शरणार्थीमा मलाई समेत जोडिएको अडियो फेक हो भनेर मैले प्रहरीमा उजुरी गर्न गएँ,’ उनले भनिन्, ‘प्रहरीले दर्ता गर्न मानेन, आनाकानी गर्यो, त्यति दर्ता तीन घण्टाभन्दा बढि समय लाग्यो।

उनले सरकारले आफ्नो नाम जोडिएको टेपको सत्यतथ्य उजागर गर्दै दोषीमाथि कारबाहीको माग समेत गरेकी छिन् । नक्कली भुटानी प्रकरणले आफु लज्जास्पद भएकाे उनले बताइन्।

सांसद राणाले भनिन्, ‘मलाई साँच्चै भन्ने हो भने एज अ वुमन यो एउटा क्यारेक्टर असासिनेसन होइन, दिस इज रेप अफ माई क्यारेक्टर । र यो चैँ म एकदम कडाइका साथ भन्छु वुमनलाई पोलिटिक्समा आउँदाखेरि सबै कुरा हामीले ब्यहोर्न सक्नु पर्छ । म ब्यहोरी राछु । तर सबै जनाको यो यस्तो किसिमको सबै महिला प्रति नगरियोस् यो देशमा । योभन्दा अगाडि पनि धेरै महिलालाई सुसाइट गर्नलाई फोर्स गरिएको छ मिडियाले । म चैँ त्यो भिक्टिम हुने महिला होइन । बट दिस इज अ रेप अफ माई क्यारेक्टर ।’

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like