ज्ञानेन्द्र शाही भन्छन् : ‘भ्रष्टाचारकाे आन्दोलनमा स्वयं भ्रष्टाचार आरोपित नै संलग्न छन्’

काठमाडाैं,

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले साेमबार प्रतिनिधिसभा बैठकमा बाेल्दै अहिले भ्रष्टाचारकाे आन्दोलनमा स्वयं भ्रष्टाचार आरोपित नै संलग्न भएको बताए। यो अहिले मात्रै नभइ ३४ वर्षदेखि यस्तो अभ्यास भइरहेको शाहीको भनाइ छ।

शाहीले भ्रष्टाचारविरुद्ध सडकमा उठ्ने आन्दोलन देख्दा आफैंलाई दिक्क लाग्ने भन्दै यस्ता आन्दोलनले भ्रष्टाचार न्यूनीकरण नहुने बताए। उनले सडकमा नभइ सदनबाट मुलुकका ठूल्ठूला भ्रष्टाचारका काण्डमा लड्ने हो दलभन्दा माथि उठेर कानुन बनाउन तयार हुनुपर्ने बताए।

‘हुनुहुन्छ भने हेर्न चाहन्छु ल आज हात खडा गर्नुस्, हुनुहुन्छ कोही?’, ठूला दललाई चुनौती दिँदै शाहीले भने, ‘त्यही भएर अहिले म भन्न चाहन्छु। यसो नगरौँ। तिमी हेरेजस्तो गर्नु म देखेजस्तो गर्छु। तिमी खेदेजस्तो गर्नु म दौडेजस्तो गर्छु। यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई न्यूनीकरण गर्दैन।’

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like