३.३४ अङ्कले घट्याे सेयर बजार

काठमाडाैं,

दोस्रो दिन सेयर बजार परिसूचक नेप्से ३.३४ अङ्कले घटेर १ हजार ८१८.३१ अङ्कको विन्दुमा झरेको छ ।

अघिल्लो दिन १६.९६ अङ्कले घट्दै नेप्से सूचक १ हजार ८२१.६४ अङ्कको विन्दुमा अडिएको थियो । आज सेन्सेटिभ इन्डेक्ससमेत ०.५७ अङ्कले घट्दै ३४९.०१ अङ्कको विन्दुमा झरेको छ । डेभलपमेन्ट बैंक, फाइनान्स, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक ९ वटा उपसूचक ऋणात्मक भएका छन् ।

३ अङ्कले घटेको बजारमा आज ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको २३ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ । आज एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरूले ९.८८ प्रतिशतले कमाएका छन् भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सका लगानीकर्ताहरूले ६.४५ प्रतिशतले गुमाएका छन् ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like