जेठ १४ गते लुम्बिनी वाणिज्य क्याम्पसमा स्ववियू निर्वाचन हुने

काठमाडौं,

बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा आगामी जेठ १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुने भएको छ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि स्ववियू निर्वाचनको मिति तय भएको हो।

गत वैशाख ११ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले एक महिनाभित्र स्ववियू निर्वाचनको मिति तोक्न क्याम्पसलाई उत्प्रेषणयुक्त आदेश दिएको थियो।

सोही अनुसार क्याम्पसले बुधबार सूचना प्रकाशित गर्दै विद्यार्थी संघ/संगठन दर्ता र मतदाताको अन्तिम सूची प्रकाशन यसअघि नै भइसकेकोले त्यसपछिका निर्वाचनका कार्यतालिका र मिति तोकेको हो।

क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार जेठ १० गते मनोनयनपत्र वितरण गर्ने, ११ गते मनोनयन दर्ता गर्ने र १४ गते निर्वाचन हुनेछ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like