बुटवलमा मोटरसाइकल दुर्घटनामा परी एकले ज्यान गुमाए

समाचार शेयर गर्नुहोस्

काठमाडौं, जेठ ४ गते । बुटवलमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। प्युठान घर भई बुटवल उपमहानगरपालिका- १३ जितगढी बस्ने ४४ वर्षीय श्रीधर पोखरेलको मृत्यु भएको हो।

बुधबार राती लु ६३ प ८१८५ नं. को मोटरसाइकलमा बुटवलको नयाँगाउँबाट बेलबास आउँदै गरेका पाेखरेल बेलबास पाखापानीमा दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए।

प्रहरीले उनलाई गम्भीर घाइते अवस्थामा भेटाएर उद्धार गरी अस्पताल पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेको थियो।

पश्चिमबाट आएको मोटरसाइकल सडकको विपरित भागमा पल्टिएको भेटिएकोले अनियन्त्रित भई दुर्घटनामा परेको हुनसक्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले आशंका गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको