सगरमाथा आराेहणका लागि आएकी एक ५९ वर्षीया भारतीय महिलाकाे लेक लागेर मृत्यु

काठमाडाैं,

सगरमाथा आराेहणका लागि आएकी एक भारतीय महिलाकाे लेक लागेर ज्यान गएकाे छ । मृत्यु हुनेमा  ५९ वर्षीया सुजान लियोपोल्डिना ज्युस रहेकी  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठका अनुसार सगरमाथा आधार शिविरमा लेक लागेर बिरामी भएपछि ज्युसलाई हिजाे बुधवार हेलिकप्टरमार्फत् लुक्ला ल्याइएकाे थियाे ।

लुक्लाको पासाङ ल्हामु निकाेल निक्किल अस्पतालमा ज्युसकाे उपचारका क्रममा आज बिहान ६ बजे ज्यान गएकाे हाे ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like