नुवाकाेटमा टिपर र माेटरसाइकल एकआपसमा ठाेक्किँदा बुबाकाे मृत्यु, छाेरा घाइते

काठमाडाैं,

नुवाकोटको बेलकोटगढी नगरपालिका–७, ठूलोखोला पुलमा बिहीबार टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

देवीघाटबाट काठमाडौंतर्फ आइरहेको बा ०३–००१ ख २५८४ नम्बरको टिपर र विपरीत दिशाबाट गइरहेको बा ०२–०२९ प ५७५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा नुवाकोटको लिखु गाउँपालिका–१ बस्ने ५० वर्षीय नेत्रमान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा त्रिशूली अस्पताल नुवाकोटमा मृत्यु भएको हो ।

मृत्यु हुने नेत्रमानका छोरा २० वर्षीय निरज विकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएका छन्।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like