दक्षिण चिनकाे जिङ्सी शहरमा भिरबाट गाडी खस्दा ११ जनाकाे मृत्यु

काठमाडाैं,

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी शहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।

बिहान साढे ६ बजेतिर १४ जना सवार गाडी सिमिङ गाँउकाे सडकखण्डकाे भिरकाे किनारमा पल्टिँदा साे दुर्घटना भएकाे स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

उक्त दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पुष्टि गर्दै जिङ्सी नगरपालिका सरकारले जारी गरेको विज्ञप्तिमा तीन व्यक्ति भने भाग्न सफल भएको बताएको छ। दुर्घटनाबारे अनुसन्धान सुरू गरिएकाे छ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like