विदेशबाट अवैध रूपमा ल्याएकाे सुनसहित दुई महिला पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

विदेशबाट अवैध रुपमा ल्याएको सुनसहित प्रहरीले दुई जना महिलालाई पक्राउ गरको छ।

पक्राउ पर्नहरूमा माेरङकाे सुन्दरहरैंचा नगरपालिका-७ घर भएकी ४० वर्षीया शोभा विश्वकर्मा र रामेछापको रामेछाप नगरपालिका-५ रामपुर स्थायी ठेगाना भएकी २९ वर्षीया सरिता श्रेष्ठ रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा ल्याएको १ सय ८४ ग्राम तौलको सुनसहित २ जनालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएकी शोभा विश्वषकर्मालाई १ सय ४ ग्राम तौलको बेरुवा औठी १ थान, ब्रासलेट १ थान, सिक्री १ थान र लकेट २ थान तथा सरिता श्रेष्ठलाई जम्मा ८० ग्राम तौलको सिक्री १ थान र बेरुवा औठी १ थानसहित फेला पारी पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको