नेकपा (माओवादी केन्द्र) का २० सदस्यीय टाेली आज (शुक्रबार) चीन प्रस्थान

काठमाडाैं,

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वमा २० सदस्यीय टोली आज (शुक्रबार) चीन प्रस्थान गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा उपाध्यक्ष सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि आज अपराह्न चीन प्रस्थान गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि मण्डलले तिब्बतको ल्हासा, राजधानी बेइजिङ र सिहाङ्को अवलोकन भ्रमण गर्ने छ भने विविध छलफलमा सहभागी हुने कार्यक्रम छ । सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल २०८० जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like