संसदभवन जाँदा सवारीमा अनावश्यक तामझाम नगर्न राष्ट्रपतिकाे निर्देशन

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा कुनै तामझाम नगर्न निर्देशन दिएका छन्। राष्ट्रपति पौडेल शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद भवन बानेश्वर जाँदैछन्।

सडक अवरोध हुने र नागरिकलाइ सास्ती हुने भएकाले आफू संसद भवन जाँदा कुनै तामझामको व्यवस्था नगर्ने राष्ट्रपतिले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

सचिवालयले भन्यो, ‘पहिले झैँ आज राष्ट्रपतिज्यू संसद जाँदा नागरिकलाई कुनै सास्ती हुँदैन।’ यसअघि राष्ट्रपति निस्कँदा सडक नै खाली गराउने गरिएको थियो। तर, चौतर्फी विरोध भएपछि पौडेलले आफू निर्वाचित हुनुअघि नै सामान्य रुपमा हिँड्ने प्रतिबद्धता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको