पाेखरीमा पसेका बालककाे डुबेर मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

सर्लाहीको बबरगंजमा एक बालकको शुक्रबार दिउँसो डुबेर मृत्यु भएको छ । चन्द्रनगर गाउँपालिका–२ बबरगंजस्थित मुसहरी टोलका गणेश महतोका ६ वर्षीय छोरा अनुषको पोखरीमा डुबेर मृत्यु भएको हो ।

गर्मी बढेपछि बालक महतो आफ्नी बहिनी र गाउँका साथीहरूसँगै पोखरीमा पसेका थिए । गाउँमा बालक डुबेको खबर पाएपछि गाउँले तत्काल उद्धारका लागि पोखरीमा पुगे पनि बालकलाई बचाउन सकेनन् । बालकलाई बाहिर निकालेर ल्याउँदासम्म मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

बालकका बुवा वैदेशिक रोजगारीमा रहेको र परिवारका अन्य सदस्यहरु समेत घरबाहिर काममा गएका बेला उनीहरु पोखरीमा पसेको गाउँलेले जनाएका छन् । अहिले बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । गर्मी बढेसँगै मधेसमा पोखरीमा नुहाउने क्रम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको