इटहरीस्थित एभरेस्ट बैंकको शाखाबाट बचतकर्ताकाे डेढ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना, शाखा प्रमुखसहित ९ जना पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

सुनसरीको इटहरीस्थित एभरेस्ट बैंकको शाखाबाट बचतकर्ताकाे रकम हिनामिना गरेर ठगी गरेकाे आराेपमा प्रहरीले एभरेष्ट बैंककाे इटहरी शाखाका प्रमुख सहित ९ जना कर्मचारीलाइ पक्राउ गरेकाे छ।

बचतकर्ताको डेढ करोड रुपैयाँभन्दा बढी रकम चोरी (हिनामिना) भएको खुलेको छ। उक्त हिनामिनामा बैंकका कर्मचारीहरु नै संलग्न रहेका पाइएको छ।

एभरेस्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना बचतकर्ताको खाताबाट १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ ‘चोरी’ भएको पाइएको डीएसपी राईले बताए। ग्राहकको खाताबाट रकम निकालेर ठगी गरेको कसुरमा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा एभरेस्ट बैंकको गाइघाट शाखाका अपरेसन इञ्चार्ज विराटनगर घर भएका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ वर्षीय धावा लामा, कनिष्ठ सहायकहरू भोजपुर षडानन्द नगरपालिका–९ का २७ वर्षीय मनोज घिमिरे, इटहरी–७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ वर्षीय रन्जित पण्डित र इटहरी–२ की ३० वर्षीया पवित्रा कटवाल रहेका छन्।

रकम ठगी गर्ने कार्यमा संलग्न रहेको देखिएपछि धनुषाका शंकर भुजेल र भक्तपुरको सूर्यविनायकका अजय खिउजुलाई पनि पक्राउ गरिएको डीएसपी राईले जानकारी दिए। एभरेस्ट बैंकको गाइघाट शाखाका अपरेसन इञ्चार्ज प्रधानलाई प्रहरीले गत चैत २२ गते पक्राउ गरेको थियो। यस्तै, धनुषाका भुजेललाई वैशाख १० र भक्तपुरका खिउजुलाई वैशाख १३ गते पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा एभरेस्ट बैंकको इटहरी शाखाका इञ्चार्ज सहित समेतको संलग्नता देखिएपछि उनीहरुलाई जेठ ५ गते पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको