काठमाडाैं,
काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाको वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रममा सहभागी हुनका लागि महानगरवासीलाई आब्हान गरेका छन्
उनले भने ‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौ महानगरपालिकाको वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो,
’तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाइ विद्यार्थी हुनुहुन्छ,’ भन्दै आइडिया बैंकमा आउन उनले अपिल गरेका हुन् ।
‘कसरी त्यसको Business Plan बनाउने Implementation Plan बनाउने ,कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ,’ उनको अपिलमा भनिएको छ।