काठमाडाैं,
भारतले आजदेखि २ हजार दरका नोट बजारबाट क्रमशः फिर्ता लिने र अक्टोबर १ देखि उक्त नोट चलनचल्तीमा नआउने जनाएको छ । यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउँदै २ हजारको नोट चलाउन शुरु गरेको थियो।
सो नोट चलाउन शुरु गरेको ७ वर्षमा नै फेरि २ हजारको नोटमा प्रतिबन्ध लगाएको हो। भारतीय रिजर्भ बैंकले सो ’boutमा जानकारी दिँदै अब दुई हजारका नोट बजारमा आउने छैनन्।
बैंक खाता भएका ग्राहकले बैंकमा दैनिक तोकिएको परिमाणमा रकम जम्मा गर्नसक्ने र नभएकाले दिनको १० वटा दुई हजार दरका नोट सटही गर्न सक्ने सुविधा दिइएको छ । त्यसको निम्ति भारतमा १९ स्थान तोकिएको छ ।
भारत सरकारका उच्च अधिकारीहरुले सात वर्षअघि झैँ पछिल्ला दिनमा पनि अवैध कारोबार गर्नेले २ हजार दरको नोट जम्मा पारेकाले उक्त निर्णय गर्नुपरेको बताएका छन् ।
‘यो पनि पहिलेको एक हजार र पाँच सय दरका नोटको नोटबन्दी झैँ हो । अब केही समय पाँच सय दर र सोभन्दा मुनिका नोट मात्र प्रयोगमा आउनेछन्,’ ति अधिकारीहरूले बताए।