काठमाडाैं,६ जेठ गते। काठमाडौंमा एक महिलाले आत्महत्या गरेकी छन् ।
रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेको प्रहरी बिट थानकोटले जनाएको छ । शुक्रबार दिउँसाे पाैने ३ बजे श्रेष्ठले आफ्नै शरीरमा पेट्राेल छर्केर आगाे लगाएकी थिइन्।
श्रेष्ठकाे उपचारका क्रममा किर्तिपुर अस्पताल आज बिहान मृत्यु भएकाे प्रहरीले जनाएकाे छ। उनी मच्छेगाउँस्थित प्रहरी प्रभागमा कार्यरत एक प्रहरी हवल्दारकी श्रीमती हुन्