गहुँ चुट्ने थ्रेसरको पट्टामा बेरिएर १३ वर्षीय बालककाे मृत्यु

काठमाडाैं,

नौगाड गाउँपालिका-४ मा शुक्रबार दिउँसाे गहुँ चुट्ने थ्रेसरको पट्टामा बेरिएर घाइते बालककाे मृत्यु भएकाे छ।

मृत्यु हुने नौगाड गाउँपालिका- ४ सिप्टीस्थित मल्लामट्टे बस्ने कक्षा ५ मा अद्ययनरत १३ वर्षीय विनोद सिंह धामी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घरभन्दा ५ सय मिटर टाढा गहुँ चुटिरहेको अवस्थामा थ्रेसरको पट्टामा धामीले लगाएको ज्याकेट बेरिन गइ घाइते भएको थिए ।

घाइते बालकलाइ उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा शुक्रबार बेलुकी साढे ८ बजे गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like