शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजालको बयान जारी

समाचार शेयर गर्नुहोस्

काठमाडाैं, जेठ ६ गते। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका गृहमन्त्रालय अन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजालको बयान भइरहेकाे छ।

शनिबार दिउँसो उनीहरू दुबै जनाको छुट्टाछुट्टै सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहेको सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।

समितिका अध्यक्ष मियाँ र भुटानी शरणार्थीका नेता टेकनाथलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो। त्यही दिन उनीहरूलाई म्याद थप गरी अनुसन्धान अघि बढाएको थियो। उनीहरूको संलग्नता देखिएपछि प्रहरीले पक्राउ गरेको हो।

अहिलेसम्म १६ जना प्रहरी हिरासतमा छन्। जसमा रायमाझी, खाण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई  लगायत उच्च राजनीतिक व्यक्तिहरूको समेत संलग्नता देखिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको