कांग्रेस–माओवादीकाे गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउने प्रमुख कारक हो : केपी ओली

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

सरकारकाे नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै ओलीले अर्थतन्त्र संकटको डिलमा पुर्‍याउनलाई नै कांग्रेस–माओवादी गठबन्धन बनेको आरोप लगाएको छ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबारको प्रतिनिधि सभामा उक्त आरोप लगाएकाे हाे।

नेकपा एमालेको सरकारलाई विस्थापन गरी बनेको कांग्रेस-माओवादीसहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्याउने प्रमुख कारक हो,’ उनले भने, ‘प्रधानमन्त्रीलाई लागेको होला, सरकार राम्रो छ भनिदिए हुन्थ्यो। तथ्यांकले अर्कै कुरा बोल्छ कसरी बोल्ने ? देश र जनतालाई दुख दिन र दुःखको कारण भएको छ अहिलेको गठबन्धन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको