नक्कली भुटानी शरणार्थी प्रकरणमा दाेषी उम्काउने, निर्दाेष फसाउने प्रयास भइरहेकाे ओलीकाे दाबी

काठमाडाैं,

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा  दोषी उम्काउने, निर्दोष फसाउने प्रयास भइरहेको आशङ्का व्यक्त गरेका छन्।

आइताबारकाे प्रतिनिधि सभामा बाेल्दै ओलीले साे प्रकरणमा कोही दोषी उम्कन नहुने र दोषी फस्न नहुने बताउँदै उनले ९७५ जनाबाट पैसा उठाइएको दाबी गरेका हुन् ।

‘दोषी उम्काउने र निर्दोष फसाउने काम हुन लागेको छ । यस्तो हुनुहुन्न’ ओलीले भने, ‘९७५ जनासँग पैसा उठाइएको छ ।’ ओलीले तेस्रो देश गएकाबाहेक ४२९ सक्कली भुटानी शरणार्थी भएको बताए ।

यस्तै ओलीले सरकारले भुटानी शरणार्थी प्रकरणमा काम गरेँ भनेर जुँगामा ताउ लगाउनुपर्ने कारण नदेखेको बताएका छन् । आइतबार संसद् बैठकमा बोल्दै ओलीले भुटानी शरणार्थी प्रकरण पहिलेदेखि नै आफू समाधान गर्न लागेकाले गृहमन्त्रीले उधुम हल्ला गर्न नहुने बताए ।

‘सरकार बढो भ्रष्टाचार विरोधी च्याम्पियन जस्तो गर्दै छ । आफूले के–के नै गरेँ भनेजस्तो गरेर बाघ मारे जस्तो गर्दै छ । गृहमन्त्री उधुम हल्ला गरी राख्नुभएको छ’ ओलीले भने, ‘यसमा सरकारले जुँगामा ताउ लगाउनु पर्ने कारणै देख्दिनँ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like