काठमाडौं, जेष्ठ ७ गते
एमाले महिला सगंठनलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका बिश्वास पात्र बिष्णु रिमालले धरानका मेयरलाई बौलाहा भनेका छन् । उनले कमरेड केपिको फेसबुक मा लाइक नगन्य मात्रामा आउने तर यी बौलाहाहरुले जे लेखे पनि हजारौ लाइक १/२ घण्टामै आउने भएकोले अब एक दिनमै केपि ओलिको पोस्टमा ५० हजार सम्म लाइक आउने गरि काम गर्न वा लाइक सेयर गर्न भन्दै सम्बोधन गरेका हुन् ।
यो विषयमा चर्को आलोचना भएपछि विष्णु रिमालले प्रतिबादमा हो हामि सबै बौलाहा हुन पर्छ बल्ल काम गर्न सकिन्छ भन्दै यस्तो पोस्ट गरेका छन् ।
“हो, अब हामी “बहुलाउनै” पर्छ!
०७२ सालमा संबिधान निर्माण गर्न हामी “बहुलाएरै” लागेका थियौं ।
त्यसपछिको नाकाबन्दीको सामना गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली “बहुलाएरै” भिड्नु भएको थियो । जनताले साथ दिए, मुलुकले सफलता हासिल गर्यो ।
०७४ को चुनावपछि हामी “बहुलाएरै” काममा जोतिएका थियौं ।
आधा शताव्दीसम्म हाम्रो संप्रभुता बाहिर रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी … हामीले “बहुलाएरै” नक्सामा सामेल गर्यौं । सिंगो मुलुक एक ठाउँमा उभियो ।
अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन “बहुलाएर” लागेका छन् । सबैलाई ‘श्रमदान गर भनिरहेका छन् । त्यसैले मैले पनि भनेको छु– “बहुला पाराले” काम गर्ने … धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर!
म पनि काम गर्ने मामिला “बहुलाउने” मानिस हुँ ।
हो, मुलुकमा केही गर्न हामी अब “बहुलाउनै” पर्ने भो !
फेरी पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरुको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु । म ति आलोचना स्वीकार्छु, धन्यवाद!”
त्यस्तै कुनै क्रियाको तत्काल प्रतिक्रिया दिने छबि बनाएका हर्क साम्पाङ्ग ले पनि फेसबुक मै यस्तो प्रतिक्रिया दिएका थिए । “बिष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद गर्दिन म ! मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोड्दिन्छु !”
यसअघि पनि केपि ओली धरान पुगेर सहि मान्छे चिन्न नसकेको भन्दै धरान बासी जनतालाई ब्यङ्ग्य कसेका थिए ।