काठमाडाैं,
काठमाडाैंमा जुवातास खेलिरहेकाे अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेकाे छ। ललितपुर महानगरपालिका २७ घर भएका ५० वर्षीय श्रीराम थापामगर समेत १२ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे।
उनीहरूलाई काठमाडाैं महानगरपालिका ३१ अलाेकनगर बस्ने गाेपाल मगरकाे घरमा जुवातास खेलिरहेकाे अवस्थामा प्रहरीले शनिबार साँझ पक्राउ गरेकाे हाे। विशेष सुचनाका आधारमा प्रहरी वृत नयाँ बानेश्वरबाट खटिएकाे प्रहरीले उनिहरूलाई ६ बुक तास र नगद ८४ हजार ६ सय २० रूपैँयासहित फेला पारेकाे हाे।