सरकारले ट्रेजरी बिल्समार्फत ३४ अर्ब २० करोड रूपैयाँ बराबरको आन्तारिक ऋण उठाउने

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

सरकारले ट्रेजरी बिल्समार्फत ३४ अर्ब २० करोड रूपैयाँ बराबरको आन्तारिक ऋण उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजेसम्म  बोलकबोल गरिसक्नुपर्ने जनाएको  छ ।

राष्ट्र बैंकका अनुसार ३४ अर्ब २० करोड रूपैयाँमध्ये २ अर्ब रूपैयाँ नयाँ ट्रेजरी बिल्स जारी हुन लागेको  छ । राष्ट्र बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन्।

राष्ट्र बैंकले २८ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन  २०८० साल असार ५ गते परिपक्क हुने छ । ९१ दिनको लागि ४ अर्ब २३ रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० भाद्र ५ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि १२ अर्ब ४७ करोड रूपैयाँको जारी गर्न लागेको छ । जुन २०८० साल मंसिर ८ गते परिपक्क हुनेछ । ३६४ दिनको लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८१ जेठ ८ गते परिपक्क हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको