सगरमाथाकाे सफल आरोही बुढामगरलाई उचित सम्मान गर्न एमाले सांसद् घर्तीको माग

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै नेकपा (एमाले)की सांसद इश्वरी घर्तीले दुबै खुट्टा गुमाएर पनि सगरमाथाकाे सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई एयरपोर्टमै पुगेर  उचित सम्मान गर्न माग गरेकी छन्।

सांसद घर्तीले सफल सगरमाथा आरोही मगर भोली काठमाडौं फर्कदै गरेको जानकारी दिँदै एयरपोर्टमै पुगेर उनको सम्मानको व्यवस्था गर्न माग गरेकी हुन्। रोल्पाको थवाङ गाउँपालिका ३ मिरुल निवासी बुढामगरले यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोको सफल आरोहण गरेका थिए ।

बुढामगरले ब्रिटिश गोरखा सैनिकमा कार्यरत रहँदा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको