काठमाडाैं,
प्रतिनिधसभाका सभामुखले नेकपा (एमाले)का सांसद दयालबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवसर छाेप्ने नेतृत्व गरेकाे र त्यसकाे पछाडी कांग्रेसका नेताहरू लागेकाे आरोप लगाएका छन्।
उनले भने, ‘सत्ताको लागि कांग्रेस यति तल गिर्यो । जुन पार्टीका गुरुहरु कृष्णप्रसादले विवाह गर्नुभएन । अर्काकी छोरी ल्याएर दुःख पाउँछन् भनेर विवाह गर्नुभएन । विपीको जीवन जेलमै गयो । तर, सातवटा मन्त्रीका लागि कांग्रेसका नेताहरुले गहतको झोलमा हाम फाल्नुभयो ।’
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद शाहीले संसदीय मर्यादा उल्लंघन हुने शब्द बोलेको भन्दै सांसदहरूले आपत्ति जनाएपछि सभामुखको पदमा आसिन उपसभामुख इन्दिरा रानामगरले ती शब्द हटाउन निर्देशन दिएकी हुन् ।