बचत कर्ताको पैसा तिर्न नसकेपछि मेयर ३ दिनदेखि सम्पर्कविहीन

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि फरार भएका छन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका बचत कर्ताको पैसा तिर्न नसकेपछि मेयर फरार भएका छन्। प्रहरीका अनुसार मेयर ३ दिनदेखि सम्पर्कविहीन भएको छ । वैशाख ३१ को स्थानीय निर्वाचनमा नेपाली नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए ।

शुक्रबारदेखि सम्पर्कविहीन भएका नेपालीलाई खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिए । मेयर नेपालीले उपमेयर धनबहादुर कायतलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर सम्पर्कविहीन भएको बताइएको छ । आफू नआउँदा सम्म कार्यवाहक समाल्नु भनेर जिम्मेवारी दिएको उपमेयर कायतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको