रहस्मय तरिकाले माछापुच्छ्रे बैंककाे खाताबाट ९ लाख गायब, बैंक भन्छन्: ‘ह्याकरले चाेर्याे हाेला’

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,८ जेठ गते। माछापुच्छ्र्रे बैंकको चन्द्रपुरस्थित शाखाबाट एक सेवाग्राहीको रकम गायब भएको छ । वृन्दावन नगरपालिका वडा नम्बर ३ का रामेश्वर राय यादवको खाताबाट ९ लाख १ हजार रुपैयाँ रहस्यमय तरिकाले गायब भएकाे पीडितले बताएका छन् ।

अघिल्लो दिन सम्म उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो । आइतबार उनी ८ लाखको चेक लिएर बैक गएका थिए ।बिहिबार बिहान उनले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमाजम्मा गर्न चेक दिएका थिए । शुक्रबार दिउसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाईलमा म्यासेज समेत आएको यादबले जानकारी दिएका छन । आईतबार ८ लाखको चेक लिएर साट्न गएका यादबको खाताबाट ९ लाख पैसा गायब भएको बैंकका कर्मचारीले जानकारी दिए पछि यादब चकित भए ।

त्यसपछि उनी बैंकको शाखा प्रमुख रामजी दासलाई भेटर खाताबाट कसरी पैसा गायब भयो भनेर सोध्न थाले । प्रमुख दासले सहजै ह्याकरले पैसा लगेको जवाफ दिए । सेवाग्रहीको खाताबाट रकम गायब भएको जानकारी पाए पछि पनि प्रमुख दास जिम्मेवारीबाट पन्छिन खोजेका छन् । दासले खातावालाई आफै पत्ता लगाउनु भने पछि बैंकमा पिडितका आफन्तले केही बेर तनाब सृजना भएको थियो । साझ सम्म पिडितका आफन्तहरु ठुलो संख्यामा बैंकमा जम्मा भएका छन् ।

ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरीको टोली पुगे पछि घट्नाबारे अनुसन्धान थालेको जनाएको छ । पिडित यादबले बैंककै कर्मचारीको मिलोमतोमा पैसा गायब भएको आरोप लगाए । मेरो खाताबाट पैसा गायब भएको भनेर बिहानै जानकारी गराउदा समेत बैंक प्रमुख दासले बेवास्ता गरेको उनले गुनासो गरे ।उनको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाईल प्रयोग गरि रकम निकालेको पाइएको छ ।

यादबको खाताबाट निकालेको रकम सिटिजन, सानीमा बैंकमा ट्रान्सफर भएको प्रमुख दासले जानकारी दिए । बैंक स्टेटमेन्ट माग्दा समेत बैंकले आनाकारी गरे पछि शंकाको घेरामा राख्दै गायब भएको पैसा खोज्न दबाब दिएको हो । ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपि एकनारायण कोईरालाले यादबको खाताबाट रकम गायब भएकोबारे अनुसन्धान सुरू भइसकेकाे जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको