काठमाडाैं,
साताकाे दाेस्राे दिन(साेमबार) नेपाली बजारमा सुनकाे मुल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतिताेला १ लाख १० हजार रूपैँया कायम भएकाे छ।
यस्तै तेजाबी सुन प्रतिताेला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।
साेमबार चाँदीको मूल्य भने घटेको छ। आइतबार प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १० रुपैयाँ घटेर १ हजार ३७५ रुपैयाँमा किनबेच हुँदैछ।