ट्याक्टरबाट खसेर विद्यालयका प्रधान्यापकको मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

खाेटाङमा  बालुवा ओसार्न सुनकोसी जाँदै गरेको को २ त ४६७६ नम्बरको ट्याक्टरबाट खसेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रअ मकरध्वज राईको किचिएर मृत्यु भएको हो ।

आइतबार विद्यालय बन्द भएपछि घर फर्कनेक्रममा प्रअ राई सुँगुरकाे चाराे लिनका लागी बाहुनीडाँडाकै झाप्पाबाट घर बनाउने बालुवा लिन कुर्लेघाट जाँदै गरेको ट्याक्टरमा चढेर कुर्लेघाट झरेका थिए ।

कुर्लेघाटबाट फर्नेक्रममा साँझ रुपसे आइपुगेपछि ट्याक्टरबाट खसेका प्रअ राईको पछाडिको पांग्राले टाउकोमा किच्दा घट्नास्थलमै मृत्यु भएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।

प्रअ राईको शव पाेष्टमार्टमका लागी जिल्ला अस्पताल दिक्तेल लगिएकाे प्रहरीले जनाएकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको