काठमाडाैं,
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा पूर्वप्रधानमन्त्रीहरुलाई बयानमा बोलाएर अनुसन्धान गर्न सरकारसंग माग गरेका छन् ।
‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरुको काम कारवाहीको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरु पूर्वउपप्रधानमन्त्री प्रहरी अनुसन्धानमा छन् । पूर्व प्रधानमन्त्रीहरुलाई पनि वयानमा बोलाई अनुसन्धान पूर्ण बनाउन जरुरी छैन् र ? उनले भने, एक पूर्व प्रधानमन्त्रीले चार सय नेपालीलाई १० वर्ष अगाडी नै भुुटानी शरणार्थी बनाई अमोरिका छिराएको त्यसको प्रमाण समेत आफूसंग भएको सार्वजनिक रुपमा बताउनु भएको के सरकारलाई थाहा छैन र ?’
सांसद सुवालले पूर्वप्रधानमन्त्रीले आफूसंग प्रमाण भएको जानकारी सार्वजनिक रुपमा दिएको र त्यसको अनुसन्धानमा सरकार लाग्न आवश्यक भएको बताए ।
नेमकिपाका सांसद प्रेम सुवालले जापानमा ‘राजवंशी’ कोटा खुल्यो भन्दै चार सयजना भन्दा धेरैसँग तीन करोडभन्दा बढी ठगी गर्ने काममा मन्त्रीहरूकै संलग्नता भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।