आफ्नै घरमै लगेर बलात्कार गरेको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गौतम पक्राउ

काठमाडाैं,८ जेठ। दाङको देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शेषमणि गौतमलाइ  बलात्कारको आरोपमा दाङको लमहीबाट प्रहरीले पक्राउ गरेका छन् । गौतमलाई गए राती आफ्नै निवासबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो करिब १२ बजे गौतमले २६ वर्षीया युवतीलाई आफ्नै घरमै लगेर बलात्कार गरेको आरोपमा लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडा निवासी गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

गौतमलाई आवश्यक कारबाहीको लागि मुद्दा दर्ता गरी म्याद थपको लागि अदालत ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिए ।

गौतम नेपाली कांग्रेसका जिल्ला सदस्य, देउखुरी बहुमुखी क्याम्पसका हालका प्राध्यापक तथा सञ्चालक समितिका कोषाध्यक्ष हुन् ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like