सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्न पाइदैन् भन्दै नर्सहरू अन्दाेलनमा उत्रिए

काठमाडाैं,

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्न पाइदैन् भन्दै नर्सहरू अन्दाेलनमा उत्रिएका छन्। सामाजिक सञ्जालमार्फत समाजसेवी गिभाना मगरले जथाभावी गाली गरेको बिरोधमा नर्सहरु आन्दोलनमा उत्रिएका हुन्।

अस्पतालमा भर्ना गरिएका बिरामीलाई २ बजे दिनुपर्ने औषधि ४ बजे दिएको बिरोधमा गिभानाले सामाजिक सञ्जाल टिकटकमार्फत नर्सप्रति आक्रोश व्यक्त गरेकी थिइन् । सोही विरोधमा नर्सहरु माइतीघर मण्डलामा विरोधमा उत्रिएका हुन् ।

सामाजिक सञ्जालमा नर्सहरूको चरित्र हत्या गर्ने भिडियो सार्वजनिक भएको र यसले पेसाकै बदनाम गर्न खोजिएको उनीहरूको गुनासो छ ।

नेपाल नर्सिङ संघले विज्ञप्ति निकालेर सो घटनाको भर्त्सना गरेको छ । डिउटीमा रहेको नर्स र बिरामीबीचको कुराकानीलाई बिनाअनुमति सामाजिक सञ्जालमा अपलोड गरिएको र त्यसमा आएका प्रतिक्रियाप्रति संघले आपत्ति जनाएको छ । नर्सलाई गाली गरेको दाबी गर्दै गिभानाको टिकटक आइडी बन्द गरिनु पर्ने उनिहरूको माग छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like