काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले गरे विजयी सुरुवात

काठमाडाैं,

एनएसी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेप हाताभित्र रहेको कभर्डहलमा भएको समुह ए तर्फको खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

भारतले पहिलो सेट २५–३, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–६ ले जितेको हो । समुह ए मा भारत, बंगलादेश, किर्गिस्तान र आयोजक नेपाल रहेको छ । त्यस्तै समुह बी मा श्रीलंका, माल्दिभ्स, काजिकिस्तान र उज्वेकिस्तान रहेका छन्।

यस सानदार जितसँगै भारतले समूह ‘ए’ मा ३ अंक जोडेको छ । बंगलादेश अंक विहीन छ । आज नै यही समूहमा घरेलु टोली नेपालले किर्गिस्तानसँग खेल्दै च्यालेन्ज कपको सुरुवात गर्दै छ । खेल दिउँसो ४ः३० बजेपछि हुनेछ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like