काठमाडाैं,
आज (मंगलबार) नेपाली बजारमा सुनकाे मुल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेकाे हाे।
तोलामा ८०० रुपैयाँले घटेपछि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार भने सुनको मूल्य स्थिर रहेको थियो। सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
सुनकाे मुल्य घट्नुका साथै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ। यसअघि सोमबार भने चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।