काठमाडाैं,
इन्डियन प्रिमियर लिग आइपीएलको पहिलो क्वालीफायर खेल आज हुँदै छ । खेलमा गुजरात टाइटन्स् र चेन्नई सुपर किंग्स भिड्ने छन् ।
जारी आइपीएलको अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका दुई टिम चेन्नईमा आमने-सामने हुँदैछन्।
खेल बेलुकी ७ः४५ बजे चेन्नईमा हुँदैछ । जित्ने टिम फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्न पाउने छ ।
जारी आइपीएलमा पहिलो नम्बरमा रहेको गुजरातले ९ खेल जित्दा चारमा हार व्यहोरेको छ । दोस्रोमा रहेको चेन्नईले हालसम्म खेलेका खेलमध्ये आठमा जित हात पार्दा पाँच खेल हारेको छ ।