काठमाडाैं,
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा तीन पटक मात्रै संघीयता शब्द उल्लेख रहेकाे बताए।
मङ्गलबार प्रतिनिधिसभामा भाग लिदैँ सांसद राउतले ७० पेजको नीति कार्यक्रममा ३ ठाउँमा मात्र संघीयता राखिएको भन्दै शंका व्यक्त गरेका हुन् ।
‘७० पृष्ठमा समाबेस भएको नीति तथा कार्यक्रममा केबल ३ ठाउँमा मात्रै संघीयता शब्द उल्लेख गरिएको छ । संघीयतालाई सवल गर्नेखालको ठोस नीति तथा कार्यक्रम देखिएन् ।यस्तो देख्दा म आफै आश्र्चयचकित छु कि माओवादी केन्द्रले नै नेतृत्व गरेको सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयता विरोधी देखिएको छ ’ । राउतले भने ।
माओवादी केन्द्रले आफुलाई नेपालमा संघीयताको बिजारोपन गर्ने दल भनेर दावि गरिरहँदा नीति तथा कार्यक्रममा संघीयताको ’boutमा स्पष्ट धारणा नसमटिएको भन्दै राउतले सरकारको ध्यानाकर्षण समेत गराए ।