यिनै हुन् एक रातमा चारवटा पसलकाे सटर फुटाएर चाेरी गर्ने व्यक्ति

काठमाडाैं,

झापाको शिवगञ्ज बजारमा एकै रातमा चारवटा पसलको सटर फुटाएर चोरी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

शिवसताक्षी नगरपालिका– ५ स्थित आमवारी टोल निवासी ५६ वर्षीय छविलाल खवास (चौधरी) पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए । प्रहरीले विशेष सूचनाको आधारमा खवासलाई चोरीका सामानसहित पक्राउ गरेको हो ।

प्रहरीले उनकाे घरबाट चुराेटसहित विभिन्न सामग्री साथै चाेरी घटनामा प्रयाेग हुने विभिन्न औजारसमेत फेला पारेका छन्।

पक्राउ परेका खवासलाई चोरी मुद्दामा झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like