काठमाडाैं,
नेपाली बजारमा सुनको मूल्यमा बुधबार भने सामान्य बृद्दि भएकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रूपैयाँ बढेर एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको तोलामा एक लाख ९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदि प्रतितोला ५ रूपैयाँ घटेर एक हजार ३६० रूपैयाँमा कारोबार भइरहेको छ ।