भारतका चर्चित अभिनेता नितेश पाण्डेकाे निधन

काठमाडाैं,

भारतका चर्चित अभिनेता नितेश पाण्डेको ५१ वर्षको उमेरमा निधन भएको छ । हालसम्म प्राप्त जानकारीका अनुसार उनको मृत्यु राती दुई बजे कार्डियाक अरेस्टका कारण भएको हो ।

नितेश पाण्डेले थुप्रै हिन्दी फिल्म र टेलिभिजन सिरियलमा काम गरेका छन् । केही समय अघि उनी चर्चित टिभी सिरियल ‘अनुपमा’ मा पनि देखिएका थिए ।

उनले ओम शान्ति ओम, दबंग–२, रंगुन, खोसला का घोसला, मिकी भाइरसजस्ता फिल्ममा पनि अभिनय गरेका छन्।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like