भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथी छानबिन गर्नुपर्ने लामिछानेकाे माग

काठमाडाैं,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको  सुरुमै बोल्दै रास्वपा सभापति रवि लामिछानेले भने-‘भ्रष्टाचारको विषयलाई लिएर हामीले दिनदिनै कुरा उठायौं । कुनै राजनीतिक दल बाँकी रहेको छैन । प्रहरी प्रमुखको नाम आइरहेको छ । प्रधानमन्त्री कार्यालय, मन्त्री क्वाटरमा लगेर पैसा बुझाएको कुरा आएको छ’ लामिछानेले भने, ‘विश्वासको वातावरण बन्द भएको छ, संसदीय विशेष समिति बनाएर छानबिन गर्नुपर्छ ।’

लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैलाइ छानबिनकाे दायरामा ल्याउन माग गरे। ‘ज-जसको नाम आएको छ, उनीहरूमाथि छानबिन गर्न किन डराउने ? नाम आएका हरेक व्यक्तिको छानबिन गर्नुपर्छ’ लामिछानेले भने ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like