लामिछाने भन्छन् : ‘भुटानी शरणार्थी प्रकरणमा तीन पार्टीको खासखुसले देशभर गन्ध फैलियाे याे गन्ध राेक्नुस्’

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन्

प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

उनले नेपाली कांग्रेसका सांसदद्वय आरजु राणा र मञ्जु खाँणतिर कटाक्ष गर्दै बयान सकिएपछि संसदमा प्रकट हुनेदेखि मिडियामा तामा तुलसीको कसम खानेमाथि पनि छानबिन गर्नुपर्ने बताए।

‘कोही गायब भएर प्रकट हुन्छन्, कोही मिडियामा तामातुलसी छोएर आउँछन्’, उनले भने, ‘तर प्रहरीले यो प्रकरणमा नाम जोडिएजतिलाई बयान लिनुपर्छ। उहाँहरूलाई बरु प्रहरीसम्म रेड कार्पेट ओछ्याइदिनुस् तर, बयान लिनुस्, याे प्रकरणमा नाम जोडिएकाहरूलाई एक पटक बयानका लागि पनि नबोलाएर अविश्वासको वातावरण सिर्जना नगर्नु, लामिछानेले भने;

उनले थपे ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्नुहोला। तीन पार्टी (कांग्रेस, एमाले र माओवादी) बसेर तपाईँहरूले खासखुस गर्नुभयो। त्यसको गन्ध संसदसम्म ठासठुस आयो। देशभरि त्यसको गन्ध गयो। त्यसलाई रोक्नुस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *