सदन रेस्लिङ क्लबजस्तो लागेको छ : ज्ञानेन्द्र शाही

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सदन रेस्लिङ क्लबजस्तो लागेको टिप्पणी गरेका छन् ।

सांसद शाहीले एमाले र माओवादी केन्द्रका सांसदहरूले एक–अर्कालाई छेडछाड गर्ने गरेकोप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

उनले भने ‘आज यो संसद्मा उभिँदै गर्दा रेस्लिङ क्लब उभिएझैँ लागेको छ । उतापट्टी बस्नेले यतापट्टीलाई गाली गर्ने, यतापट्टीको दाईहरुले उतापट्टीको बाउलाई गाली गर्ने, बा पक्षहरुले दाईलाई हेरिरहने यो परम्पराले संसद्मा अहिले पनि एक दिनमा दश लाख भन्दा बढी खर्च हुन्छ । फेरि पूर्वप्रधानमन्त्रीहरु आउने, हामीले पहिला पहिला कस्तो हुन्थ्यो भने, महाभारत सुन्थ्यौं हामीले । सिरियल सुन्दाखेरि बोर लागेजस्तो दुई तीन घण्टासम्म भाषण ठोकेको ठोक्यै गर्ने , ‘त्यो भएको हुनाले म अनुरोध गर्न चाहन्छु, सदनमा होइन, तपाईँहरु रेस्लिङ क्लबमा जानुस् । संसद्मा यत्रो बजेट खर्च गरेर बमकफुसे गफ सुन्नका लागि जनताले हामीलाई निर्वाचित गराएका होइनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको