खाना पकाउने ग्याँस लिक भएर एक वृद्ध गम्भिर घाइते

काठमाडाैं,

खाना पकाउने ग्यास लिक भएर जलेर घाइते भएका एक वृद्धलाई थप उपचारका लागि काठमाडाैं लगिएको छ।

नौगाड गाउँपालिका– ३ का ८० वर्षीय वृद्ध अमरसिंह ठगुन्नालाई उपचारका लागि काठमाडाैं लगिएको हो।बुधबार बिहान चिया पकाउने क्रममा ग्यास लिक भएर उनी जलेका थिए।

घाइते भएका उनलाई स्थानीयको सहयोगमा गोकुलेश्वर अस्पताल लगिएको आफन्त उपेन्द्र ठगुन्नाले बताए। गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकाेप्टरबाट काठमाडाैं लगिएको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like