रवि लामिछानेविरुद्धको मुद्दा दर्ता, जेठ १७ गते सुनुवाइ हुने

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतमा मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका लागि सुनुवाइको मिति तोकिएको छ।

लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको भन्दै सिन्धुलीका युवराज पौडेल ‘सफल’ले मुद्दा दायर गरेका हुन् ।

उनको रिटलाई गत वैशाख २८ गते सर्वोच्चले दरपीठ गरेको थियो । दरपीठविरुद्ध निवेदन दर्ता गराएपछि हिजो न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिट दर्ताको आदेश दिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको