रूकुमपश्चिममा जिप दुर्घटनामा ४ जनाकाे घट्नास्थलमै मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

रूकुमपश्चिममा जिप दुर्घटनामा परेर चार जनाकाे घट्नास्थलमै मृत्यु भएकाे हाे। दुर्घटना हुँदा सुत्केरी आमा र बच्चासहित ४ जनाको मृत्यु भएको हाे।

मृत्यु हुनेमा मृतकको सानोभेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उनको बच्चा रोशन केसी  छन्। यस्तै वर्ष ५० को देउचन  खत्रीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान ७ बजे जिल्लाको सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जीप बाँफिकोट गाउँपालिका–८ तोरीधारामा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय बाँफिकोट रुकुमपश्चिमका अनुसार जिपमा १४ जना सवार रहेका थिए ।थप विवरणका लागी अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको